नायक पल शाह सिनेमा निर्माणमा होमिए: विकास सुवेदीको निर्देशनमा ‘यानीमाया’को घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो सिनेमा को घोषणा गरिएको छ ।
पल शाह सिनेमा स्को व्यानरमा निर्माण हुन लागेको सिनेमाको नाम ‘यानीमाया’ राखिएको छ । यो सिनेमालाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले सिनेमा ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही सिनेमाबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फ्यामिली ड्रामा कथामा आधारित रहेर यो सिनेमा बन्नेछ । सिनेमाको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् ।विकासले लेखेका तीन सिनेमा पनि सामाजिक कथावस्तुमै तयार भएका थिए । उनले, आफ्नै स्टाइलको सिनेमा बनाउन लागेको जानकारी दिए । नायक पल शाहले पनि पल शाह सिनेमा स्लाई दर्शकहरुले निकै माया दिएको भन्दै अब आफू सिनेमा निर्माणमा अगाडि बढेको बताए ।

उनले, सिनेमा निर्माणमा पनि दर्शकहरुबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् । सिनेमाको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । सिनेमामा कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए ।

सम्बन्धित समाचारसबै