
सिनेसुत्र, बिराटनगर- नयाँ बर्ष २०८२ को पहिलो दिनको शुभारम्भसँगै नयाँ सिनेमा ‘पुष्पलता’ निर्माण घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको लेखन तथा निर्देशन सुनील निउरेले गर्नेछन् । लभस्टोरी जनराको सिनेमामा काम गर्ने प्रमुख पात्र को-को हुन् भन्ने निर्माण टिमले खुलाएको छैन ।
पछिल्लो समय निर्माण भैरहेका भन्दा फरक प्रेमकथामा सिनेमा ‘पुष्पलता’ बन्ने लेखक तथा निर्देशक निउरेले बताए । थुप्रै सिनेमामा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठुलो पर्दामा यो डेब्यु सिनेमा हो । सिनेमामको दुई वटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक थिम पोस्टरले पनि सिनेमा प्रेमकथामा निर्माण हुन संकेत दिएको छ ।सिनेमामा कास्टिङ डिरेक्टरमा संजोग रसाइली रहेका छन् । सिनेमामा हर्क साउदको शब्दरचना तथा सुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ । सिनेमाको प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन् ।
लभस्टोरी र पारिवारिक कथामा निर्माण हुने सिनेमाको छायांकन आगामी भदौमा गर्ने तयारी रहेको छ । ड्रेस डिजाइनर बोनिका कार्की र रीत खड्का रहेका छन् भने अन्य प्राविधिक टिम र कलाकार विस्तारै सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ ।