युवा पुस्ताले हेर्नै पर्ने मनोसामाजिक नाटक चौथो अध्याय | नाटक हेरेपछि दर्शक यसो भन्छन – CINE SUTRA

0 Shares

बिराटनगर / आरोहण गुरुकुल हाटखोला बिराटनगरमा नाटक चौथो अध्यायको जेठ २५ गत्ते देखि मन्चन सुरु भएको छ | जीवनको उत्तरार्धमा देखापर्नसक्ने मनोसामाजिक अवस्थामा केन्द्रित नाटक जेठको २५ गत्ते देखि २६ गत्ते सम्म मन्चन हुने छ | त्यस्तै पहिलो दिन नाटक हेर्न आएका दर्शकलाइ नाटक चौथो अध्यायको बारेमा हामीले प्रशंन गर्दा दर्शक यसो भन्छन :-

https://fb.watch/sA-Z2kRdkG/

नाट्य साहित्यको अध्ययन तथा प्रयोगात्मक प्रकृयामा अत्यन्तै आवश्यक रहने सुधारात्मक पद्धति “इम्प्रुभाइजेसन” र पात्र तथा परिवेश कल्पना “इम्याजिनेसन” बाट संयोजन गरिएको यो नाटक चौथो अध्याय मनोसामाजिक खोज तथा अध्ययनको एउटा प्रायोगिक अभ्यास रहेको निर्देशक दिक्षा चौधरीले सिने सुत्रलाइ बताइन । नाटकमा लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चार्ल्स बुकोवस्की र विप्लव प्रतीकका कविताहरूलाई समेत प्रयोग गरिएको छ।
एउटी महिलाले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवम् काव्यिक हिसाबले नाटकको माध्यमबाट देखाउने प्रयास गरिएको यस नाटकले मनोवैज्ञानिक तवरले हामी हाम्रा दर्शन, खोज, अध्ययन र सामाजिक हिसाबले कसरी एक किसिमको बन्धनमा जेलिएका हुन्छौं र महिलाहरूलाई किन यसरी जीवन जिउन बाध्य पारिन्छ भनेर नाटक चौथो अध्यायले प्रश्न खडा गरेको छ । नाटकले दर्शन, विचारधारा र व्यवहारिकताबीचको जीवनको विरोधाभाषपूर्ण संघर्षलाई समेत इङ्गित गर्दछ ।

यसपटक केही फरक शैलीको नाट्य प्रस्तुतिको जमर्को गरेको र नयाँ अभ्यासमा दर्शकहरुको माया र हौसला मिल्ने कुरामा आफुहरु बिश्वस्त रहेको नाटक समुहले बताए ।
नाटक चौथो अध्यायको निर्देशन भने दिक्षा चौधरी र रविन चिमरीयाको सयुक्त सहकार्यमा गरिएको हो |
नाटकमा दिक्षा चौधरी, प्रदीप दाहाल ,भरत कार्की ,रविन चिमरीया ,यशस्वी घिमिरेको सशक्त अभिनय रहेको छ |

सम्बन्धित समाचारसबै