हरिभक्त बुढाथोकीको कलमबाट फेरि आयो मन छुने गीत ‘मलाई हार्न दिदैन’

0 Shares

सिनेसुत्र, बिराटनगर- नयाँ वर्ष २०८२ को सुरुवातसँगै गीतकार हरिभक्त बुढाथोकीले ‘मलाई हार्न दिदैन’ श्रोतामाझ ल्याएका छन् । अञ्जु पन्त र चेतन चुडालको स्वरले सजिएको यस गीतले मायाले जीवनका कठिन मोडहरू पार गर्न सकिने विश्वास दिलाउँछ।

गीतमा अर्जुन पोख्रेलको संगीत, संजिव बराइलीको एरेञ्ज र नरेश विविसीको मिक्सिङ र माष्टरिङ रहेको छ। गीतजत्तिकै आकर्षक बनेको भिडियोलाई माधव शर्माले निर्देशन गरेका हुन् भने प्रबीन सिंहको कोरियोग्राफीमा नायक रमेश उप्रेती र सनीशा भट्टराईको जोडी देख्न सकिन्छ। दुवैको केमेस्ट्रीले गीतको भिडियो अझ उत्कृस्ट बनेको छ।“दुःख छ, अभाव पनि छ, तर माया छ भने जिन्दगी बाँचिन्छ” यही सन्देश बोकेको गीतमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सविना गुरुङको श्रृङ्गार रहेको छ। गीत हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतकार हरिभक्त बुढाथोकी जसले एक दर्जनभन्दा बढी पुस्तक लेखिसकेका छन् उनि तेह्रथुमका पहिलो नाटककार पनि हुन् र गीत लेखनमा पनि त्यत्तिकै सक्रियता रहेको छ। ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक, रोटरी डिस्ट्रिक्ट ३२८२ गान तथा पतञ्जली योगगानका रचनाकार समेत रहेका बुढाथोकीको यो नयाँ गीतले श्रोता-दर्शकमा उत्साह थपेको छ। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै