बिराटनगर / आज देखि प्रदर्शनमा आएको चलचित्र “बाटो रोड टु देथ”ले बिराटनगरमा दर्शक पाउन सकेन |
निकै लामो समय लगाएर प्रदर्शनमा आएको चलचित्र बाटो रोड टु देथको निर्मार्ण टिम प्रचार प्रसारमा चुकेको छ |
चलचित्रले बिराटनगरमा मात्र नभइ देशै भरिको हलमा आशा गरे अनुसारको व्यापार गर्न सकेको छैन | बिराटनगरको तिन वटा मल्टी प्लेक्स हलले दुइ दिन अघिनै अग्रिम बुकिंग खोलेका थिए | चलचित्रलाइ राम्रै शो दिए पनि दर्शकको चलचित्रलाइ लिएर कुनै पनि जिज्ञासा नआएको क्यु एफ एक्स सिनेमाज बिराटनगरका म्यानेजर रुपक घिमेरेले बताए | उनले चलचित्र बाटो रोड टु देथलाइ दुइ शो दिएका थिए | बिहान ८: ४५ को शो मा ७ जना दर्शक थिए भने दिउसो २ बजेको शो क्यान्सिल भएको छ |
यता सेन्टर मल्टीप्लेक्सले पनि बिहानको ९:४५ को शो र दिउसो २ बजेको शो दिएका थिए | तर यहाँ पनि दुवै शो क्यान्सिल भएको छ | सेन्टर मल्टीप्लेक्समा पनि चलचित्रको बिषयमा दर्शक हरुले कुनै जिज्ञासा नराखेको म्यानेजर सत्य प्रकाश लुनिया बताउछन | त्यस्तै अर्को सिटी सिनेमा मल्टिप्लेक्समा पनि चलचित्रले बिहानको ९:१५ र दिउसो ३:१५को शो पाएको थियो तर यहाँ त् झन् दुवै शो दर्शकको सुन्य उपस्थी भए पछि शो नै क्यान्सिल गरेको सिटी सिनेमाका म्यानेजर शंखर मेहताले बताए |
चलचित्रको दोश्रो ट्रेलर सार्वजनिक हुदा सम्म पनि चलचित्र दर्शक सम्म पुग्न सकेन | दोश्रो ट्रेलरलाइ अहिले सम्म ९५ हजार दर्शकले मात्र हेरेका छन् | युटुबमा सार्वजनिक चलचित्रको दोश्रो ट्रेलरमा चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि आज प्रदर्शनको दिन भने दर्शकको साथ् पाउन सकेन | चलचित्र निर्मार्ण पश्चात गरिने पब्लिसिटीको मामलामा निर्मार्ण टिमले होस् न पुगाउदा चलचित्र लागेको न लागेको दर्शकले पत्तो सम्म पाएका छैनन् |