सस्पेन्स र मिथकको मिश्रण ‘खेल’ले प्रिमियरमै पायो सशक्त प्रतिक्रिया: सुरक्षाको अभिनयले जित्यो मन

0 Shares

सिनेसुत्र, बिराटनगर- यही शुक्रवार रिलिज हुने नेपाली सिनेमा ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा सिनेमा टिम, पत्रकारहरू, शुभचिन्तक तथा सिनेमा कर्मीहरूको उपस्थिति थियो ।

प्रिमियरमा ‘खेल’का प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रह्यो । प्रिमियरकै लागि भारतबाट यसका निर्देशक अनुराग प्रधान उपस्थित रहे भने अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी रह्यो । प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली सिनेमा मा लगाएको बताए । अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले बताएको यो सिनेमा सफल हुनेमा विश्वास व्यक्त गरिन् । उनी सिनेमा ले प्राप्त गरेको प्रतिक्रियाले आफू र ‘खेल’ टिम पुलकित भएको बताइन् ।मिथिकल सस्पेन्स थ्रीलर जनराको ‘खेल’लाई हलिउड सिनेमा को स्तरसँग तुलना गर्दै यसको कथा, पटकथा, संवाद, छायाङ्कन, सम्पादन, कलर र सिनेमा को टोनको प्रशंसा भएको छ । प्रिमियरमा सुरक्षासहित अन्य नयाँ कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको थियो । साथै, नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया सिनेमा ले प्राप्त गर्‍यो ।

मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । सिनेमा सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । सिनेमा को कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

सिनेमा को छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । सिनेमा को वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै