सिनेसुत्र, बिराटनगर- बैसाख २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘उनको स्विटर’ को प्रचारप्रसारका लागि धरानमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘उनको स्विटर साँझ’ नाम दिइएको यो कार्यक्रम बैशाख १८ गते साँझ ५ बजे धरान रंगशालामा हुनेछ।
कार्यक्रममा लोकप्रिय गायक सुजन चापागाईं र द इन्फिनिटी ब्याण्ड को लाइभ प्रस्तुति रहनेछ भने ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिम पनि स्टेजमा उत्रिनेछन्।
साथै, सिनेमाका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परिक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई को पनि विशेष उपस्थिति रहनेछ।
कार्यक्रमको टिकट दर ३ सय, ७ सय र १ हजार रुपैयाँ तोकिएको छ। सिल्भर इन्टरटेन्मेन्टले आयोजना गर्ने यो कार्यक्रम सफल भए केही मजदुरलाई सहयोग गर्ने उद्देश्य पनि आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। सिनेमाको टिजर हेर्नुहोस :