प्रभासको कल्की २८९८ ले तोड्यो आरआरआरको नाममा भएको रेकर्ड

0 Shares

बिराटनगर / साउथ चलचित्रका अभिनेता प्रभासको आगामी चलचित्र कल्की २८९८ एडीको फिल्मको प्रि–बुकिङ पनि सुरु भइसकेको छ | चलचित्र यही जुन २७ मा हलहरूमा रिलिज हुँदैछ । चलचित्रको प्रि–बुकिङमा कल्कीले आरआरआरको रेकर्ड तोडेको छ । मिडिया रिपोर्ट्सका अनुसार कल्की २८९८ एडीले रिलिज पूर्व विदेशमा धमाधम पैसा कमाइरहेको छ ।

https://youtu.be/nw5B2zI9jNQ

उत्तर अमेरिकामा फिल्मले एसएस राजामौलीको निर्देशनमा बनेको आरआरआरको रेकर्ड तोडेको छ । कल्की प्रि–बुकिङमा सबैभन्दा छिटो १० लाख डलर कमाउने फिल्म बनेको छ । यसअघि यो रेकर्ड आरआरआरको नाममा थियो । कल्की २८९८ एडी नाग अश्विनको निर्देशनमा बनेको फिल्म हो । यसमा प्रभासबाहेक दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, पशुपति, शोभना, ब्रह्मानन्दम र राजेन्द्र प्रसाद समेतका कयौँ कलाकारको अभिनय रहेको छ ।
पाच दिन अगाडी चलचित्र कल्की २८९८ एडीको ट्रेलर रिलिज भइसकेको छ ।

https://youtu.be/kQDd1AhGIHk

सम्बन्धित समाचारसबै