रमा थपलिया पछि बोक्सीको घर निर्देशक सुलक्षण भारतीको केकी अधिकारि लक्क्षित आक्रोस

0 Shares

बिराटनगर / निर्देशक सुलक्षण भारतीले निर्देशक र लेखकको रुपमा आफूलाई बेवास्ता गरिएको आरोप लगाउँदै निर्मात्री तथा कलाकर केकी अधिकारीलाइ प्रशन गरेका छन् |
यो प्रशंन आक्षेप आरोप आक्रोस र चित्त दुखाइ भने निर्देशक भारतीको मात्र भने हैन यस अघि पनि चलचित्र बोक्सीको घरमा सासुको अभिनय गरेकी कलाकार रमा थपलियाले एक मिडिया अन्तर्वार्तामा निर्मात्री केकी अधिकारीले बेवास्ता गरेको र सम्मान न गरेको बताएकी थिइन् | चलचित्र चल्यो भन्दैमा यति सेल्फिस नबन्नुस केकी जी भन्दै भएकी थिइन् |

यस वर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’ले ५१ दिन मनाएको खबरसँगै निर्देशक र निर्माताबीचको विवाद पनि सतहमा आएको छ । ५१ दिनको सन्दर्भमा निर्देशक सुलक्षण भारतीको फेसबुक स्टाटसले निर्मात्री समेत रहेकी केकी अधिकारी संग असन्तुष्ट रहेको बुझ्न सकिन्छ । खासगरी, सर्जकको रचना र रचनाकारको स्थान अनि सम्मान नगरेको कुरामा भारतीको असन्तुष्टि छ । केकी भने फिल्म प्रदर्शनका लागि हालै युरोप पुगेर फर्किएकी छन् ।


भारतीले आफ्नो फेसबुक स्टाटस केही पत्रकारलाई समेत ट्याग गरेका छन् । उनले स्टाटसको अन्त्यमा ‘ढोंगीपन’ भनेर टिप्पणी गरेका छन् । तर उनले यो स्टाटस आक्षेप नभएर, प्रश्न मात्र रहेको उल्लेख गरेका छन् ।
निर्देशक सुलक्षण भारती आक्षेप आरोप आक्रोस चित्त दुखाइ जे हो जस्ता को त्यस्तै :

मलाइ जुन माया दर्सक हरुले दिनु भयो त्यस्को लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाइहरुको मायाले आज चल्चित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ । यस चल्चित्रका मुख्य कलाकार, लेखक, निर्देसक तथा अभिनय प्रसिक्षकको भुमिकामा म सुलक्षण भारतीले काम गरेको छु । यहाँ आफ्नो लागि आफैले बोल्नु पर्ने रहेछ र लड्नु पर्ने रहेछ । यी मेरा प्रस्नहरु हुन कसैप्रती आक्षेप भने होइन ।
प्रस्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो ।यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रस्नहरु हुन ।
“काम गर्ने कालू माम खाने आलु ” के यो उखानले सार्थकता राख्छ?
यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यस्मा ध्यान नदिनु ले के प्रस्न खडा गर्छ ?
कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउमा लेखक र निर्देसकको उपस्थिती नहुनु र वास्ता नगरिनुले के सार्थक्ता राख्छ ?
म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु के यो अनुभव स्वभाविक हो ?
जस्ले जे काम गरेको छ त्यस्को उचित मुल्यान्कन हुन पनि जरुरी छ वा छैन ?
लेखक तथा निर्देसक आर्थिक तथा सामाजिक रुपमा कम्जोर छ भन्दैमा उस्लाइ बेवास्ता गर्नु न्यायोचित होला र ?
के लेखक तथा निर्देसकलाइ यसरी बेवास्ता गर्न मिल्छ र ?
बौधिक चोरी भनेको के हो ?
बोक्सीको घर आखिरमा कस्ले बनाएको चल्चित्र हो ?
अब फेरि जिवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ?
दर्सक र सर्जक बिचको पुल भनेको अहिलेको समयमा सन्चार माध्यम हो । यश बिसयमा कस्ले ध्यान दिने ?
एउटा सर्जक र उस्को कामको मुल्याङकन के अवसयक्ताको बिषय होइन र ?

सम्बन्धित समाचारसबै