५१ औँ दिनने सेलिब्रेशन सहित पहिलो १० करोड कमाउने नेपाली वायोपिक सिनेमा बन्यो ‘अञ्जिला’

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा भव्य सफलता हासिल गरेको छ । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा ले देशभरका ४५ शोहरूसहित १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक सिनेमा मा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
“हामी सफलताका साथ ५१ दिनमा पुगेका छौँ । ‘अञ्जिला’ नेपाली सिनेमा को इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली वायोपिक सिनेमा बनेको छ,” निर्देशक चाम्सले भने ।सिनेमा युनिटले यो उपलब्धिको अवसरमा शुक्रवार विशेष समारोहको आयोजना गरेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए । “हामी सबैसँग मिलेर यो सफलता सेलिब्रेट गर्न उत्साहित छौँ,” श्रेष्ठले बताए ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । सिनेमा मा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ ले गत वर्षका उत्कृष्ट पाँच सिनेमा मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो ।

सम्बन्धित समाचारसबै