‘महाराजधिराज’मा आर्यन सिग्देलको प्रवेश : लाइनअप थप बलियो

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा सिनेमा‌को चर्चा झनै चुलिँदै गएको छ। परिच्छेद सेनले निर्देशन गरेको ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए। रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए। यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन्। मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ।

आर्यन, रमेश र पलको अनुबन्धले सिनेमा‌को लाइनअप बलियो हुँदै गएको छ। लाइनअप बलियो हुँदै जाँदा सिनेमा‌प्रतिको अपेक्षा पनि बढ्दै गएको छ। ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ। यस सिनेमा‌मा आर्यन कुन भूमिकामा प्रस्तुत हुने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ।आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए। यो सिनेमा‌मा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ।

‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो। फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो।

सिनेमा‌का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्। निर्माण पक्षका अनुसार सिनेमा‌का सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन। केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी रहेको जनाइएको छ, जसले सिनेमा‌को लाइनअपलाई झनै रोचक बनाएको छ।

सम्बन्धित समाचारसबै