गाउँको मुखिया झैँ देखिए केदार घिमिरे: ‘माइतीघर’ सिनेमाबाट माग्ने बुढाको लुक्स बाहिरियो

0 Shares

सिनेसुत्र, बिराटनगर- हाल छायांकन भइरहेको सिनेमा ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स बाहिरिएको छ। सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ। झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ। तर, निर्माणपक्षले यस विषयमा केही पनि बोलेको छैन।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो सिनेमालाई तामाङ संस्कृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ। सिनेमाको प्रदर्शन मिति दशैंको फूलपातिलाई पक्का गरिसकिएको छ।यो सिनेमाको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ। २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा सिनेमाको छायांकन हुनेछ। यो सिनेमामा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ।

सुशन प्रजापतिको छायांकन रहेको सिनेमामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ। रोहित अधिकारी फिल्मस्को ब्यानरमा यो सिनेमा निर्माण भइरहेको हो।

सम्बन्धित समाचारसबै