सौगात मल्लको एक महिनामा तीन सिनेमा रिलिज : के होला प्रचार-प्रसार ?

0 Shares

सिनेसुत्र, बिराटनगर- सौगात मल्ल नेपाली सिनेमा उद्योगका व्यस्त र लोकप्रिय अभिनेता हुन्। काम गर्न सजिलो, एक्सन र सामाजिक दुवै विधामा सशक्त, र पारिश्रमिकमा लचिलो भएकाले उनी निर्माता र निर्देशकको प्राथमिकतामा पर्छन्। यही कारण, उनका फिल्म लगातार प्रदर्शन भइरहेका हुन्छन्।

हालै मात्र रिलिज भएको ‘पिताम्बर’मा मुख्य भूमिकामा रहेका सौगात, वैशाख २६ बाट प्रदर्शनमा आउन लागेको ‘जार’मा पनि अग्रपंक्तिमा छन्। इन्द्रबहादुर राईको कथामा आधारित यस सिनेमामा सौगातले प्रमुख भूमिका निभाएका छन्।

त्यसपछि उनी अभिनीत ‘जन्ते बाख्रो’ जेठ २३ मा र ‘भाइरल गोर्खे’ जेठ ३० मा रिलिज हुँदैछन्। एउटै कलाकारका दुई सिनेमा एकैदिन नपरोस् भनेर निर्माता टिमले एक साताको फरकमा रिलिजको योजना बनाएका हुन्।‘भाइरल गोर्खे’ले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको भाइरल प्रवृत्तिलाई व्यंग्यमार्फत प्रस्तुत गर्छ। सौगात र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो सिनेमालाई निर्देशक निगम श्रेष्ठले समसामयिक, हाँस्यप्रधान र दर्शकलाई आकर्षित गर्ने सम्पूर्ण पाटोसहितको “प्याकेज” सिनेमाको रूपमा चित्रण गरेका छन्।

त्यस्तै, निर्देशक सिमोस सुनुवारको निर्देशनमा बनेको ‘जन्ते बाख्रो’ नेपाली गाउँघरमा अझै चर्चित रहेको ‘जन्तीलाई बाख्रो खुवाउने’ परम्परामाथि आधारित छ। मौलिक कथावस्तु र सामाजिक हास्य समेटिएको यो सिनेमामा सौगातसहित गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया लगायत कलाकारको अभिनय छ।

तीनवटा फरक सिनेमामा देखिएको सौगातको अभिनय विविधता नै उनको व्यस्तताको मुख्य कारण हो। उनी निर्माताको भरोसा मात्र होइन, दर्शकको पनि भरोसा बनिरहेका छन्। सौगात मल्ल अभिनित तिन सिनेमाको ट्रेलर टिजर हेर्नुहोस :

जेठ ३० मा प्रदशनमा आउने सिनेमा भाइरल गोर्खे टिजर :

शाख २६ बाट प्रदर्शनमा आउने सिनेमा जार ट्रेलर :

 जेठ २३ बाट प्रदर्शनमा आउने सिनेमा जन्ते बाख्रो गित भिडियो :

सम्बन्धित समाचारसबै