प्रदीप खड्का र गौरव बिष्टसँग नयाँ सिनेमा बनाउन तम्सिइन् निर्मात्री शर्मिला पाण्डे

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्मात्री शर्मिला पाण्डेले नयाँ सिनेमा बनाउने तयारी गरेकी छिन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ सिनेमाको काम अगाडि बढेको निर्मात्री पाण्डेको भनाई छ ।
यसअघि उनले सिनेमा ‘लभ लभ लभ, आमा, परस्त्री’ लगायत निर्माण गरिसकेकी छिन् । उनी निर्माण गर्न लागेको नयाँ सिनेमालाई उनकै छोरा निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले सिनेमा ‘परस्त्री’ निर्देशन गर्दै निर्देशनमा डेब्यू गरेका थिए ।
यो सिनेमाका लागि आज नायक प्रदीप खड्का र गौरव बिष्टसँग कुराकानी गरिएको छ । प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्–‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी सिनेमाको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ ।’
शर्मिलाका अनुसार, यो सिनेमामा २ जना नायक हुनेछन् । गौरवलाई लिएर शर्मिलाले सिनेमा ‘परस्त्री’ निर्माण गरेकी थिइन् ।

यस्तै, गौरव र प्रदीपले सिनेमा ‘पिताम्बर’मा पनि सहकार्य गरेका थिए । शर्मिला पाण्डे नेपाली सिनेमा क्षेत्रका लागि स्थापित नाम हो । केही सिनेमा बनाएसँगै उनी चर्चामा छिन् । अब, प्रदीप र गौरवलाई लिएर उनी सिनेमा बनाउन तम्सिएकी छिन् ।

 

सम्बन्धित समाचारसबै