विराज भट्टपछि सुशील श्रेष्ठ पनि ‘राम नाम सत्य’मा अनुबन्धित

0 Shares

म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन्।
यो सिनेमाको स्क्रिप्ट फाइनल भइसकेको छ। अहिले धमाधम कलाकारहरू अनुबन्धित गर्ने काम चलिरहेको छ।
यो सिनेमामा नायक विराज भट्ट फाइनल भइसकेका छन्। सिनेमामा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन। अब, सिनेमाको मुख्य भूमिकामा नायक सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन्। सुशीलसँग निर्माणपक्षले बुधवार कागजी सम्झौता गरेको छ।
सिनेमाको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए। एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ।

सिनेमाका लागि अब नायिका र केही कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ। सिनेमाका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन्। सिनेमाको छायांकन केही महिनामै गर्ने तयारी निर्माणपक्षको छ।

सम्बन्धित समाचारसबै