दाइजो प्रथा बिरुद्धको मैथिली भाषाको पहिलो वेब सिरिज “प्यार मे दहेज” प्रसारणमा आउने

0 Shares

बिराटनगर – दाइजो प्रथा बिरुद्धको कथामा बनेको मैथिली भाषाको पहिलो वेब सिरिज “प्यार मे दहेज” प्रसारणमा आउने भएको छ |

धर्म संस्कृतिको आडमा प्राचिन समय देखिनै गाजिएको दाइजो प्रथाको दल दलबाट हाम्रो नेपाली समाज अहिलेको समय सम्म पनि मुक्त हुन् सकेको छैन | बिशेष गरि मधेशको समाजलाइ अझ धेरै प्रभाव पारेको दाइजो प्रथाको संकृतिले अहिले सम्म धेरै नेपाली चेली हरुले शोषण भोग्नु परिरहेको छ | कती चेली हरुले दाइजो प्रथाकै कारण ज्यान सम्म गुमाएका छन् |

निर्माता बाबु चौधरी, सह निर्माता कृष्ण चौधरी रहेको वेब सिरिजको लेखन निर्देशन र सम्पादन राजु राजदेव चौधरीले गरेका छन् |


प्रेम सम्बन्धलाइ बिवाहमा परिणत गर्ने क्रममा दाइजोको विवादले कस्ता कस्ता दुखद घटना हरु निम्ताउछ भनेर उक्त वेब सिरिजमा समेटिएको निर्देशक राजु राज देव चौधरीले सिने सुत्रलाइ बताएका छन |

नेपाली कला क्षेत्रमा दाइजो प्रथाका कारण शोषण भएका धेरै कथाहरुमा चलचित्र, सिरियल ,म्युजिक भिडियो निर्मार्ण भएका छन तर संभवतः मैथिली भाषामा दाइजो प्रथा बिरुद्धको कथालाइ उठान गरेर बनेको “प्यार मे दहेज” वेब सिरिज पहिलो हुन् सक्छ |

उक्त वेब सिरिजको सम्पूर्ण छायांकन सप्तरीको छिनमस्ता गाउपालिकाको सखडा, मन्दिर आसपासको गाउमा गरिएको हो |

मैथिली क्षेत्रका चर्चित कमेडियन रामलाल, आनन्द चौधरी, बिनिता ऋषि, विवाह रजक, रश्मि देवी यादव, चन्द्र नारायण पण्डित,पंकज पण्डित, बब्लु चौधरी, कृष्णा चौधरी लगायत कलाकार हरुको अभिनय उक्त वेब सिरिज “प्यार मे दहेज” मा देखन सकिने छ |

“प्यार मे दहेज” वेब सिरिज यहि शुक्रवार असार २८ गत्ते बाट रामलाल शो युटुब च्यानलमा प्रसारण हुने छ | उक्त वेब सिरिज ८ एपिसोड सम्मको रहने छ |

वेब सिरिज “प्यार मे दहेज” को केहि दिन अघि रामलाल शाे युटुब च्यानलमा टिजर समेत सार्वजनिक भइ सकेको छ |

सम्बन्धित समाचारसबै