सार्वजनिक भएको १५ मिनेटमै ‘नरसिंहाः अवतार’को ट्रेलर युट्युब ट्रेन्डिङमा

0 Shares

सिनेसुत्र, बिराटनगर- महानायक राजेश हमालको कमब्याक सिनेमा ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएको १५ मिनेटभित्रै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ। बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले दर्शकबीच उच्च उत्साह र चासो जगाएको देखिन्छ।

हामीले यो समाचार तयार पर्दै गर्दा सिनेमाको ट्रेलर युटुब ट्रेन्डिङको तेश्रो स्थानमा रहेको छ भने पाच लाख बढी भ्युज , पचिस हजार लाइक र तिन हजार बढी कमेन्ट प्राप्त भएको छ  ।

एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सले भरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। सार्वजनिक भएसँगै हजारौं दर्शकले हेरेको ट्रेलरले युट्युबको ट्रेन्डिङ सूचीमा स्थान बनाउँदै राजेश हमालको स्टारडम अझै कायम रहेको संकेत दिएको छ।दिवाकर भट्टराइको निर्देशनमा बनेको यस सिनेमामा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको यस सिनेमामा समिर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। निर्माताहरूमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् भने नेम महर्जनले लगानी गरेका छन्।

जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘नरसिंहाः अवतार’लाई ट्रेलरको ट्रेन्डिङ सफलताले बक्स अफिसमा बलियो ओपनिङको संकेत गरेको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै