समुन्द्र भट्टले सजाएकी बेहुली “नाजिर हुसेन” रिलिज डेट लक “गुन्यो चोलो”

0 Shares

बिराटनगर – अभिनेता नाजिर हुसैनको शिर्ष भूमिका रहेको चलचित्र ‘गुन्यो चोलो- कमिङ अफ एज अफ अ गर्ल’ को प्रदर्शन मिती तय गरिएको छ । कात्तिक ९ गते प्रदर्शन हुने चलचित्रको नयाँ पोस्टर तस्बिर समेत सार्वजनिक गरिएको छ ।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन् । उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन् । उनको शरिरमा चोटको निल डाम छ । उक्त चोटको निल डामले नाजिरको पिडा देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ’ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ’गुलाबी’ राखिएको छ । चलचित्रलाइ निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् ।

सार्वजनिक पोस्टर तस्बिरलाइ विजय बस्यालले डिजाइन गरेका हुन् | उनले डिजाइन गरेको ‘गुन्यो चोलोको पोस्टर आकर्षक र अर्थपूर्ण छ ।

निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ’निलहिरा समाज’ र ’मितीनी नेपाल’ संग पनि उक्त चलचित्रको पत्रको बिषयमा सहकार्य गरेकी थिइन् । धेरै खोज र अनुसन्धानपछि उनले उक्त ’ट्रान्सवुमन, को कथालाइ चलचित्रमा समावेश गरेकी हुन् । फिल्मलाई लिएर समुन्द्र निकै आशावादी छिन् । ’गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन् ।

अमेरिकी कम्पनी ’भिजन ईन्टरटेन्मेन्ट’ र ’दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको फिल्मले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ । फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरसँगै फिल्ममा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ ।

फिल्मको प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो । फिल्ममा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन् । फिल्मलाई आलोक शुक्लाले खिचेको हुन् ।

सम्बन्धित समाचारसबै