0
Shares
सिनेसुत्र, बिराटनगर- बुद्ध जयन्तीको अवसर पारेर सिनेमा “तुलसीराम” निर्माणको घोषणा गरिएको छ। सिनेमा आगामी जेठको अन्तिम साताबाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ। सिनेमाको छायांकन काठमाडौं, चित्लाङ्ग र हेटौडाका विभिन्न स्थानमा गरिने जनाइएको छ।

एल आर आरको ब्यानरबाट निर्माण हुन लागेको सिनेमाका निर्देशक तथा निर्माता बाबु शाहेब बलामी हुन् भने कथा पनि बलामीकै रहनेछ। सिनेमाको लेखक शंकर अधिकारी घायल रहेका छन्। कार्यकारी निर्माता तथा द्वन्द्व निर्देशकको रूपमा देव महर्जन रहने छन् भने संगीत विकास चौधरी र शंकर कृष्ण घायलले तयार गर्नेछन्।
पछिल्लो समयका चल्तीका कलाकारहरूलाई लिएर निर्माण हुन लागेको यस सिनेमामा पारिवारिक कथालाई केन्द्रमा राखिनेछ। साथै, तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिँदै अघि बढाइने निर्माण पक्षले जानकारी दिएको छ।


