‘नरसिंहाः अवतार’मा समावेश राज र सनिषाको प्रेम संवाद चर्चामा

0 Shares

सिनेसुत्र, बिराटनगर- जेठको ९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’मा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइले बोलेको संवाद अहिले सामाजिक सञ्जालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् ।

एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो सिनेमा दिवाकर भट्टराइले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा राज र सनिषाको प्रेम देखाइएको छ । जहाँ, भनिएको छ – ‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि विर्सन सकिदैन । तिमीलाई विर्सिएर कसरी सास फेर्नु ।’
राजको यो संवादपछि सनिषाले भन्छिन् – ‘को हौं तिमी मेरो ।’ ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ । साथै, सिनेमा को ट्रेलर सार्वजनिक भएपछि नायक राज कटुवालको एक्सनको पनि तारिफ भइरहेको छ ।

राज र सनिषा दर्शकले यो संवाद मन पराएकोमा दंग छन् । उनीहरूले, सिनेमा मा दर्शकहरूले आफूहरूको प्रेमको विशेष पाटो हेर्न पाउने बताए । सिनेमाले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने यो सिनेमा का निर्माता हुन् ।

यो सिनेमा मा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजीव जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै