हास्य कलाकार सागर लम्साल “बले” झापाकी नर्स संग बिवाह बन्धनमा बाधिए

0 Shares

बिराटनगर – चर्चित हास्य कलाकार सागर लम्साल “बले” झापाकी नर्स संग बिवाह बन्धनमा बाधिएका छन् |

नेपाली हास्य टेली सिरियल सक्कीगोनीमा “बले” पात्रको अभिनय गरेर दर्शक माझ लोकप्रिय बनेका सागरले झापाकी एक नर्स स्नेहा दंगाल संग बिवाह गरेका छन् |
झापा दमक घर भएकी स्नेहा दंगाल भक्तपुरको मध्यपुर हस्पिटलमा कार्यरत छिन् |
उनीहरु आज असार ३० गत्ते बिवाह बन्धनमा बाधिएका हुन् |


२०१३ मा चलचित्र ‘लोफर’ बाट करियर सुरु गरेका सागरले भद्रगोल हुदैअहिले सक्किगोनी लगायत बिभिन्न म्युजिक भिडियो हरुमा अभिनय गरिरहेका छन् |
पाच बर्ष अघि टिकटकर जुम्लिया दिदि बहिनि भनेर परिचित प्रिज्मा खतिवडा संग प्रेम चर्चा भएको थियो | अन्तत यो प्रेम सम्बन्ध दुइ बर्ष नपुग्दै बिछोडमा परिणत भएको थियो |
जे होस प्रेम सम्बन्ध सफल नभए पनि ५ बर्ष पछि उनले पन्चे बाजा बजाएरै बिवाह गरेका छन | उनलाई हाम्रो तर्फ बाट दाम्पत्य जीवनको शुभकामना |

सम्बन्धित समाचारसबै