‘नरसिंहाः अवतार’ बाबु–छोरीको प्रेम कथा: ‘मेरी प्यारी छोरी’ गीत रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- जेठ ९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’ को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ। स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ। सार्वजनिक गीतले बाबु र छोरीबीचको प्रेम प्रस्तुत गरेको छ।

सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ। गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ।दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजीव जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ।

सिनेमाको गीत र ट्रेलरले दर्शकहरूको उच्च साथ पाएका कारण सिनेमाले बक्स अफिसमा इनिसियल रूपमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ। सिनेमामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ।

सिनेमा ‘नरसिंहाः अवतार’ को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ। चन्द्र पन्तको कथा रहेको यो सिनेमामा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै