अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन जापान उडे पिताम्बर र रंगी सहितको टिम

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा सहभागी हुनका लागि अभिनेता सौगात मल्ल, अनुप बिक्रम शाही, कृषा चौलागाइँसहित सलोन बस्नेत जापान प्रस्थान गरेका छन्। उनीहरू यही मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभल मा सहभागी हुन जापान प्रस्थान गरेका हुन्।

जापानमा नेपाली सिनेमा वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ को नोमिनेसनमा एक्सन विधामा सिनेमा ‘पिताम्बर’ बाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेकथ्रु पर्फमेन्समा अनुप बिक्रम शाही र बेस्ट निर्देशकमा कृषा चौलागाई नोमिनेसनमा परेका छन्। अभिनेता सौगात मल्लको यस सिनेमा मा दर्शकले एक्सन परेका थिए। जापान जानुअघि सौगातले यो अवार्ड कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको बताए। हलमा प्रदर्शनरत सिनेमा ‘पिताम्बर’ की निर्देशक कृषा चौलागाइँले यो आफ्नो सफलता भएको बताएकी छन्।नेपालमा एक्सन जनराको यो खालको मेकिङमा निर्देशक कृषाले आँट गरेको भन्दै धेरैले प्रशंसा गरेका छन्। उनको निर्देशन कलालाई दर्शकले मन पराएका छन्। उनले यसअघि सिनेमा ‘ऐँचोपैचो’ निर्देशन गरेकी थिइन्, जुन सिनेमा समिक्षात्मक हिसाबले समेत सफल भएको थियो। निर्माता हुँदै निर्देशनमा हात हालेकी कृषाले पछिल्लो सिनेमा ‘पिताम्बर’ मा चलेका कलाकार राखेर निर्देशनमा होमिएकी हुन्, जुन सिनेमा सफल रूपमा अहिले पनि हलमा चलिरहेको छ।

यता सिनेमा ‘रंगी’ बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेपछि कार्यक्रममा सहभागी हुन जापान उडेका हुन्।

फिल्म फेस्टिभल २०२५ मा विभिन्न देशका सिनेमा हरू समावेश हुनेछन्। युना इन्टरटेन्मेन्टले जापानमा नेपाली सिनेमा वितरण गर्दै आएको छ। युना इन्टरटेन्मेन्टका प्रमुख उज्ज्वल गुरागाईं हुन्। उनले यस फेस्टिभलमा मुख्य सहभागिता जनाउनुको कारण नेपाली सिनेमा को बजारलाई देश तथा विदेशमा अझ विस्तार गर्नु रहेको बताए। कुराकानीका क्रममा उनले भने, ‘नेपाली सिनेमा लाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सघाउनेछ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ।’

उनका अनुसार यो फेस्टिभल नेपाली सिनेमा हरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली सिनेमा लाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्व सक्रिय रहँदै आएको छ। यस फिल्म फेस्टिभल २०२५ को पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ), नागोयामा गरिने छ।

सम्बन्धित समाचारसबै