वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठ बीच अंकुराएको प्रेम , ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

0 Shares

सिने सुत्र, बिराटनगर –  श्रावण १८ गते रिलिज हुने सिनेमा ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको ट्रेलरले एक्सन, प्रेम, कमेडी तथा पारिवारिक कथा समेटिएको महसुस गराउँछ । ट्रेलरमा देखाइने केही दृश्यहरू आश्चर्य चकित छन् । सिनेमामा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेमलाई देखाइएको छ । जब ट्रेलर क्लाइमेक्समा पुग्छ तब वर्षाको रौद्र रूपले दर्शकलाई कौतुहल बनाउँछ ।

शाहिल खानले तयार पारेको ट्रेलरले दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने देखिएको छ । शंकर कोइरालाले निर्देशन निर्माण भएको सिनेमामा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको पनि अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । सिनेमालाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । उत्सव दाहालको छायांकन, भरत रेग्मीको सम्पादन, राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको संगीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर सिनेमामा सुन्न सकिन्छ ।

सम्बन्धित समाचारसबै