सिनेसुत्र, बिराटनगर- देशभर चर्चित हुँदै गएको प्रदशनरत सिनेमा ‘नरसिंहा अवतार’ प्रदर्शनको चौथो दिनमै पूर्वी नेपालतर्फको यात्रामा निस्कने भएको छ । राजधानीका हलहरूमा उत्साहजनक प्रतिक्रिया बटुलेको यो सिनेमा अब कोशी प्रदेशका पाँच प्रमुख शहर विराटनगर, इटहरी, धरान, दमक र विर्तामोडका दर्शकमाझ प्रत्यक्षरूपमा पुग्ने छ।
सिनेमाका मुख्य कलाकार तथा निर्माण टोलि भोलि, जेठ १२ गते सोमबार, हल भ्रमणका लागि कोशी प्रदेश आउदै छन् । कोशी प्रदेश भ्रमणमा हमालसँगै निर्माता नरेन्द्र महर्जन, वितरक छविराज ओझा, अभिनेता राज कटवाल, तथा अभिनेत्री सनिषा भट्टराई पनि दर्शकसँग प्रत्यक्ष भेटघाट र संवादका लागि सहभागी हुनेछन्।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो सिनेमामा राजेश हमाल, राज कटवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजीव जंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का र समाइरा थापा लगायतका कलाकारहरू अभिनय रहेको छ ।
अब पूर्वका दर्शकले सिनेमा हेर्ने मात्र होइन, कलाकारसँग प्रत्यक्ष संवाद गर्ने मौका पाउने भएकाले यो भ्रमण कोशी प्रदेशका लागि विशेष हुने देखिएको छ।

