सिनेसुत्र, बिराटनगर- सन्तोष गौतमको लगानीमा निर्माण भएको बहुप्रतीक्षित नेपाली सिनेमा ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा सोमबार आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको झण्डै ४ मिनेट लामो ट्रेलरले हास्यरस र प्रेमकथालाई सन्तुलित रूपमा प्रस्तुत गरेको देखिन्छ।
सिमोस सुनुवारको निर्देशनमा बनेको सिनेमाले नेपाली समाजमा प्रचलित जन्ते बाख्रो अर्थात् दुलही भित्र्याउने दिनको भोजको परिप्रेक्ष्यमा कथा बुनेको छ। ट्रेलरले दर्शकमा जिज्ञासा र मनोरञ्जन दिने देखिन्छ।
मुईन इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण गरिएको यो सामाजिक कमेडी सिनेमा प्रदीप भारद्धाज द्वारा लेखिएको कथा, पटकथा र संवाद छ। सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेरजस्ता कलाकारहरूको अभिनय रहेको छ।
आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।ट्रेलर हेर्नुहोस :