२०८२/८३ को बजेटमा सिनेमा विकासका लागि विशेष योजना: स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन

0 Shares

सिनेसुत्र, बिराटनगर- आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिनेमा क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेका छन्। सरकारले इनडोर तथा आउटडोर सिनेमा छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउन पहल गर्ने जनाएको छ। सिनेमा उद्योगलाई प्रवर्द्धन गर्न सरकारले यस्तो कदम चालेको हो। अब निजी क्षेत्रले स्टुडियो निर्माणमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सहजीकरण गर्नेछ।बजेट भाषणमा अर्थमन्त्री पौडेलले भने, “नेपाली मौलिक कला, संस्कृतिको प्रवर्द्धन र स्वदेशी विदेशी सिनेमा छायाङ्कनलाई सहज बनाउन इनडोर तथा आउटडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।”

यस्तै बजेटमा पर्यटन प्रवर्द्धनको लागि सिनेमा पर्यटन प्रवर्द्धन गर्ने घोषणा भएको छ। त्यस्तै, सरकारले ओटीटी (ओभर द टप मिडिया सर्भिस) सेवालाई नियमन गर्न कानुन ल्याउने भएको छ।

सम्बन्धित समाचारसबै