अलिखित नियमको कथा बोकेको ‘मोहर’ को नयाँ पोस्टरमा नीति र वेनिशाको अंगालोमा पल

0 Shares

सिनेसुत्र, बिराटनगर-  साउन २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मोहर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाको नयाँ पोस्टरले खास केही कुरा बताउन खोजेको देखिन्छ।

पोस्टरमा नायक पल शाहको दोहोरो अवतार देखिन्छ। पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन्। यता, उनी छोटो कपालको साथमा नायिका नीति शाहको अंगालोमा बाँधिएको देख्न सकिन्छ।
यसले, कतै पल सिनेमा‍मा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ।सिनेमा ‘मोहर’लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ। यो सिनेमाको टिजर जेठ २७ गते सार्वजनिक हुँदैछ। यसैले, पोस्टरबाटै दर्शकमाझ निर्माण पक्षले कौतुहलता जगाउन खोजेको प्रस्ट हुन्छ। टिजर सार्वजनिक भएपछि सिनेमा‍को बारेमा दर्शकले अझै थप बुझ्न सक्ने निर्माण पक्षले बताएको छ।

चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो सिनेमामा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ। दिपेन बस्न्यातको छायांकन रहेको यो सिनेमामा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।
फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको यो सिनेमामा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रूपमा छन्।

सम्बन्धित समाचारसबै