चलचित्र ‘लाज शरणम्’ ले इतिहासमा सम्भवतः पहिलो पटक विज्ञापन एजेन्सीसँग ब्रान्डिङ र मार्केटिङको सम्झौता

0 Shares

सिने सुत्र , बिराटनगर –  नेपाली चलचित्रको इतिहासमा सम्भवतः पहिलो पटक चलचित्र ‘लाज शरणम्’ ले विज्ञापन एजेन्सीसँग ब्रान्डिङ र मार्केटिङको सम्झौता गरेको छ ।

नेपाली चलचित्रका निर्माण पक्षले प्रचार प्रसारमा ध्यान नदिँदा चलचित्रले पोस्टरको सम्म पैसा उठाउन न सकेको उदाहरण क्ययौ छन, उदाहरणको लागि : यहि बर्ष प्रदर्शनमा आएको “बाटो रोड टु देथ” लाइ लिन सकिन्छ, तर प्रचार प्रसारले मात्र चलचित्र चलने र ब्यापार गर्ने भन्ने चाहि हुदैन । चलचित्रले सोचेको जस्तो ब्यापार गर्न पहिलो त् चलचित्रको कथा आफैमा बलियो हुनु पर्छ ।
नेपाली चलचित्र क्षेत्र व्यवसायिक दृष्टिकोणमा अझै अगाडि बढ्न सकेको छैन । व्यवसायिक हुन् न सक्नुमा ‘चलचित्रको ब्रान्डिङ र मार्केटिङको कमि पनि एउटा कारण हो ।

चलचित्र लाज शरणम्’को सबै मार्केटिङ “एडी रिलिज” नामक एजेन्सीले गर्ने गरी शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सम्झौता गरिएको हो ।
यो चलचित्रलाई जेपिटी (जिग्री पाँडे टिम) क्रियशन प्रा.लि.को ब्यानरमा नबिन श्रेष्ठ र राम नरेश शाहले निर्माण गर्दैछन्, जसमा चर्चित हास्य टेलि शृङ्खला ‘सक्कीगोनी’का कलाकार ‘जिग्री ब्रो’ अर्थात् कुमार कट्टेलले लेखन तथा निर्देशन गर्दैछन्। कट्टेलको जन्मदिनको अवसर पारेर‘लाज शरणम्’को औपचारिक घोषणा गरिएको थियो।

 

कार्यक्रममा पहिलो चरणमा ‘सक्कीगोनी’ टिमबाट केही कलाकार र सो शृङ्खला बाहिरबाट अन्य केही कलाकार मात्र घोषणा गरिएको छ। अन्य कलाकारहरू भने केही समयपछि सार्वजनिक गर्ने निर्देशक कट्टेलले बताए। यसमा ‘सक्कीगोनी’का तर्फबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) र कमलमणि नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी कार्यक्रममा गराइयो भने माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको पनि अभिनय रहने घोषणा गरियो। कार्यक्रममा १२ वर्षपछि चलचित्र अभिनयमा फर्किन लागेका श्रेष्ठको परिचयात्मक श्रव्य दृश्य प्रदर्शन गरिएको थियो। चलचित्रका डिओपीको रूपमा सुदीप बराल घोषणा गरियो।

सो कार्यक्रममा लामो समयदेखि नेपाली सञ्चार माध्यम र टेलि शृङ्खलाहरूमा एजेन्सीको रूपमा लगानी गर्दै आएको मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्देशक कट्टेलले यो चलचित्र यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रिको अवसर पारेर प्रदर्शन ल्याउने समेत घोषणा गरे।

सम्बन्धित समाचारसबै