सिनेसुत्र, बिराटनगर- नृत्य निर्देशक संघ नेपाल, मोरङ–बिराटनगरको आयोजनामा दुई दिने पुर्वेली सांस्कृतिक नाचहरूको कार्यशाला बिराटनगरमा सम्पन्न हुने भएको छ। बिराटनगर–१० न्युरो अस्पताल छेउमा अवस्थित बिराट जागृति कला केन्द्रको आयोजना रहेको कार्यशाला असार ३० र ३१ गते सम्म सञ्चालन हुने छ ।
कार्यशालामा वरिष्ठ नृत्य निर्देशक तथा लोकनृत्य अनुसन्धानकर्ता नगेन्द्र राईले प्रशिक्षण दिनेछन्। उनले पुर्वी नेपालका मौलिक सांस्कृतिक नाचहरूको संरचना, लय–ताल, र प्रस्तुतिकरण विधिबारे समेत जानकारी प्रदान गर्नेछन्।
कार्यशालामा सहभागी हुनका लागि शुल्क रु १००० राखिएको छ, जसमा खाजाको व्यवस्था पनि समावेश गरिएको छ।
नृत्य निर्देशक संघ नेपाल, मोरङले सबै इच्छुक कलाकारहरू, नृत्य विद्यार्थीहरू तथा सांस्कृतिक क्षेत्रका सरोकारवालालाई कार्यशालामा सहभागी भई आफ्नो सीप र ज्ञान विस्तार गर्न आग्रह गरेको छ।

