‘मोहर’को टिजर सार्वजनिक : पल शाहको दोहोरो चरित्र र देउकी प्रथाको कथा

0 Shares

सिनेसुत्र, बिराटनगर- साउन २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज सिनेमा‌को १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरले नलेखिएको नियमको कथा बोल्छ । सिनेमामा ‘देउकी’को कथालाई उल्लेख गरिएको टिजरबाट बुझ्न सकिन्छ ।

टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, छोटो कपाल पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ । यसले, सिनेमाप्रति दर्शकको कौतुहलता बढाउने पक्का छ ।सिनेमा मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको सिनेमाका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

कुमार महर्जनको एक्सन रहेको सिनेमामा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

सिनेमाको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमाको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् । रोशन जंग शाही सिनेमाका लाइन प्रोड्यूसर हुन् । टिजर हेर्नुहोस : 

 

सम्बन्धित समाचारसबै