‘राम नाम सत्य’मा सुपुष्पा भट्ट फाइनल, निर्देशकले किन रोजे उनलाई?

0 Shares

सिनेसुत्र, बिराटनगर- माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको सिनेमा ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल भएकी छिन् । सुपुष्पासँग आज सिनेमाको टिमले कागजी संझौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित गरिएको निर्माणपक्षले बताएको छ ।

सुपुष्पाको पछिल्लो रिलिज सिनेमा ‘फेरि रेशम फिलिली’ हो । यो सिनेमामा सुपुष्पाको कामको निकै तारिफ भएको थियो । सुपुष्पाले आफ्नो भूमिका चित्तबुझ्दो रहेपछि सिनेमा साइन गरेको बताइन् । यो सिनेमामा यसअघि नायिका दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी छिन् ।सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुबन्धित गरेका हौं ।’

सिनेमामा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमामा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता डाक्टर डी. आर. उपाध्याय, टी. आर. गौडेल र नरेन्द्र शाह हुन् । सिनेमाको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो सिनेमा निर्माण हुनेछ ।

सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाइ छ । सिनेमालाई सुसन प्रजापतिले खिच्नेछन् । अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पूरा हुने निर्माणपक्षले बताएको छ ।

सम्बन्धित समाचारसबै