मेलिना र दिनेशको युगल स्वरमा ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- लिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक भएको छ। सार्वजनिक डान्सिङ्ग प्याटनको गीतमा मोडल द्वय बिना राउत र सुमन योगीको अभिनय रहेको छ।

टीन्ज क्रु को प्रस्तुति रहेको गीतमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ भने मिक्सिंङ मास्टरिङ्ग जीवन बडुको रहेको छ। गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डेय हुन् ।देब दोर्जेले छायांकन गरेको उक्त भिडियो लाई अनिल बिस्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका हुन्। प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देब राज र नवराजको डान्स गुरुप रहेको छ। गीत मोडल सुमन योगीको युट्युब बाट सार्वजनिक गरिएको छ। भिडियो हेर्नुहोस् :

सम्बन्धित समाचारसबै