के घर के डेराः घर नम्बर २ को मुख्य भुमिकामा निश्चल बस्नेत अनुबन्धित

0 Shares

सिने सुत्र , बिराटनगर –  निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माणको तयारीमा रहेको सिनेमा ‘के घर के डेराः घर नम्बर २’मा मुख्य कलाकारको रुपमा निर्देशक निश्चल बस्नेतको इन्ट्री भएको छ ।

साउनको २५ गतेबाट छायांकनमा जान लागेको सिनेमाको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक खनालले जानकारी दिए ।

यसअघि यो सिनेमाको मुख्य भुमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भइसकेका छन् ।

निश्चलको प्रवेशसँगै सिनेमामा कलाकारको लाइनअप बलियो बन्ने देखिएको छ ।

सिनेमाका लागि अझै ४ जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् ।

सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

निर्देशक तथा अभिनेता बस्नेत सिनेमामा अनुवन्धित भएपछि उत्साहित देखिए ।

सिनेमाको कथावस्तु बलियो भएकाले आफू काम गर्न तयार भएको उनले बताए ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो सिनेमालाई यही बर्ष रिलिज गर्ने योजनामा निर्माण टिम रहेको छ ।

सिनेमालाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छ ।

सम्बन्धित समाचारसबै