सिनेसुत्र, बिराटनगर- शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच सिनेमा ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ। सिनेमाको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्वलाई देखाउन खोजिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा सिनेमा निर्माण गरेको बताए।
सिनेमाका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो सिनेमा हरेक नेपालीले हेर्नु पर्ने बनेको बताउनु भयो। यस्तै विजय बरालले फरक सिनेमा भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताउनु भयो। विल्सन विक्रम राईले मैले सिनेमा को कथामा मिल्ने गीत समेत लेखेको र यो कथा नजिकबाट देखेकोले सिनेमा उत्कृस्ट बनेको बताउनु भयो। सिनेमाकी नायिका आयुषा समाल आफुले बिदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको बताउनु भयो।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ। सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सिनेमामा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ। सिनेमालाई आर आर फिल्मसले वितरण गर्दैछ। ट्रेलर हेर्नुहोस :