सिनेमा ‘माग्ने राजा’ को टिजर सार्वजनिक: केदार घिमिरेको पहिलो मुख्य भूमिका

0 Shares

सिनेसुत्र, बिराटनगर- सादा टिभीको सिरियल हुँदै ठुलो पर्दामा समेत एकै थेगो ‘हल्का रमाइलो’ का माध्यमबाट नेपाली दर्शकलाई हँसाउँदै आएका लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अब ‘पूर्ण मनोरञ्जन’ को वाचासहित ठुलो पर्दामा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’ को सोमबार सार्वजनिक टिजरले यही सङ्केत गरेको छ ।

पौने दुई मिनेट लामो यो टिजर केदार घिमिरेलाई केन्द्रमा राखेर तयार पारिएको छ र यसमा रमाइला तथा चोटिला संवादहरू समावेश छन् । टिजरमा केदार घिमिरे विभिन्न नयाँ स्वरूपमा प्रस्तुत भएका छन् ।टेलिभिजनमा ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ को जोडीका रूपमा चर्चित केदार घिमिरे र विल्सन विक्रम राई (तक्मे बुढा) लाई यस सिनेमा मा पनि देख्न सकिन्छ । टिजरमा विल्सन विक्रम राई केदार घिमिरेको भान्जाको भूमिकामा देखिएका छन् । यद्यपि, टिजरमा अभिनेत्री वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि समावेश भए तापनि उनीहरूको भूमिकाबारे भने धेरै खुलासा गरिएको छैन ।

‘माग्ने राजा’ ले प्रदर्शनअघि नै केदार घिमिरेलाई पोस्टरमार्फत भिन्न स्वरूपमा प्रस्तुत गरेर चर्चा बटुलेको थियो । यो सिनेमा केदार घिमिरेको पहिलो मुख्य भूमिकाको सिनेमा हो, जसले उनको करियरमा एउटा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुत कर्ता तथा मधुसूदन शर्मा निर्माता रहेको यस सिनेमा लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । सिनेमा मा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत र मित्र गुरुङको सम्पादन रहेको छ । यस सिनेमा को टिजर साहिल खानले तयार पारेका हुन् ।

‘माग्ने राजा’ आगामी भदौ ६ गते नेपालसहित विदेशमा पनि प्रदर्शन हुने तयारीमा छ । आरआर फिल्म्सले यस सिनेमा को वितरण गर्नेछ । टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै