
सिने सुत्र, बिराटनगर – हास्य कलाकार हरि बंश आचार्यको स्वास्थयमा सुधार भए पछी उनि यतिबेला बिराटनगरको बिराट नर्सिङ होमबाट डिस्चार्ज भएका छन ।
गत आइतवार स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका आचार्य आज मंगलवार बिहान करिब ११ बजेको समयमा उनको स्वास्थ्य अवास्थ सामान्य भए संगै उनलाई डिस्चार्ज गरिएको छ |
डिस्चार्ज पाए पछि हरि बंश आचार्यले बिराटनगर तिनपैनी स्थित श्याम मन्दिरको दर्शन गरेका छन् |
मन्दिर दर्शन पछि सेन्ट्रल मल स्थित, सेन्ट्रल मल्टिप्लेक्स हल भ्रमण संगै, बिराटनगरको भृकुटी चोकमा वृक्षारोपन समेत गरेका छन |
बिराटनगर महानगरले गठन गरेको “बरगाछी रानी डिभाइडर सौन्दरियकरण समिति”का अधक्क्ष बेनी गोपाल मुन्द्राको उपस्थितिमा आचार्य र उनको धर्म पत्नी रमिला पाठकले ५ ओटा वृक्षारोपन गरेका थिए |
उक्त वृक्षको रेखदेखको सम्पूर्ण जिम्मा बेनी गोपाल मुन्द्रा नेतृत्वको बरगाछी रानी डिभाइडर सौन्दरियकरण समितिले लिएको मुन्द्राले बताएका छन् |
डिस्चार्ज पश्चात हरि बंश आचार्यलाई बिदाइ गर्न हिमगिरी हाइजिङका प्रबन्ध निर्देशक महेश जाजु , हिमगिरी हाइजिङका च्याटर अकाउन्टेन्ट हिमान्शु राठि, देवनार ग्रुपका प्रबन्ध निर्देशक प्रकाश मुन्द्रा , निर्देशक बेनी गोपाल मुन्द्रा , सेन्ट्रल मल्टिप्लेक्स हलका म्यानेजर सत्य प्रकाश लुनिया , सेन्ट्रल मलका म्यानेजर बिशाल न्यौपाने लगायत बिराटनगर वडा प्रहरी कार्यालय (क) प्रमुख डिएसपी बुद्ध श्रेष्ठ , इनिस्पेक्टर रंजन बरालले आचार्यलाइ बिदाइ गरेका थिए |
आचार्यलाइ बिदाइ गर्न झापा बिर्तामोडबाट “नेपाल चलचित्र कर्मी संघ”का अधक्क्ष्य केवल तामांग पनि बिराटनगर पुगेका थिए |
उनि यति बेला काठमाडौंको आफनो निवास पुगी सकेका छन् |
विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न आएका हरि बंश आचार्यको स्वास्थ्य अवस्था यति बेला सामान्य छ |
उनले आफना शुभचिन्तक आफन्तलाइ नआतिन आग्रह समेत गरेका छन , र देश विदेशबाट आफुलाइ माया गर्ने सम्पूर्ण सुभचिन्तक हरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन |