बल्छी धुर्बेले निर्देशन गर्ने कमेडी सिनेमा ‘गोबर गणेश’को घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने सिनेमा माघ १ गते रिलिज हुनेछ । सिनेमाका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।

टेलिसिनेमा बाट मरिचमानले सेतो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिसिनेमा निर्देशनमा आएका थिए । उनका टेलिसिनेमा ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने सिनेमामा अभिनय गर्नेछन् वा छैनन् भन्ने खुलाएका छैनन् ।यस मुख्य सिनेमाको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेकाछन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन् । यद्यपि यसबारे निर्माणपक्षले केही बताएको छैन ।

“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ,” निर्देशक मरिचमानले भने, “हाम्रो सिनेमाको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ । तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो ।

कमेडीको जगमा गोबर गणेश आउनेछ ।” टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने सिनेमाको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो सिनेमाको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

सम्बन्धित समाचारसबै