सिनेसुत्र, बिराटनगर- मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको सिनेमा ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ। आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो सिनेमाको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन्। तर, यो सिनेमाको फस्टलुक पोस्टर रिलिज नहुदै महँगो रकममा अस्ट्रेलिया राइट्स बिक्रि हुनु भनेको यसको हाइप कुन लेभलमा छ भन्ने कुरा पुष्टी हुन्छ।
अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसंगै यो सिनेमाको लगानीको एउटा ठुलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ। यो सिनेमाको अस्ट्रेलिया रिलिज अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामि र प्रकाश गैरेले खरिद गरेका हुन्।
निर्माता अधिकारीका अनुसार, सिनेमालाई अन्य देशहरुमा पनि बिक्रि गर्ने कुरा भइरहेको छ । यो सिनेमाको अन्य देशको बिक्रि पनि चाडै हुने देखिएको छ। किनकि यो सिनेमाको कथाबस्तु, कलाकारको लाइनअप र निर्माणपक्षको कडा मिहेनत विदेशी बजारमा देखिएको छ। जसले गर्दा, सिनेमाको माग बढेको हो।
सुसन प्रजापतिको छायांकन रहेको सिनेमामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । सिनेमाका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । यो सिनेमामा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
