भीम लामा निर्देशित ‘लडाइँ पहिचानको’ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘लडाइँ पहिचानको’ को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। सिनेमा आउँदो मंसिर ५ गते (२१ नोभेम्बर २०२५) देखि देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ।

सार्वजनिक पोस्टरमा दुई फरक जोडीलाई प्रस्तुत गरिएको छ। एकतर्फ जेनी तामाङ र प्रशान्त तामाङको जोडी देखिन्छ भने अर्को तर्फ करिश्मा मानन्धर र धिरेन शाक्यको जोडी फिचर्ड छन्। यी दुवै जोडी पारम्परिक भेषभूषा र सांस्कृतिक पहिरनमा देखिएका छन्, जसले सिनेमाले प्रेमसँगै जातीय पहिचान, सांस्कृतिक विविधता र समाजको कथा बोकेको संकेत गर्छ।सिनेमामा प्रशान्त तामाङ, नव-नायिका जेनी तामाङ ,करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बु लगायत कलाकारहरूको अभिनय रहेको छ।

भीम लामा फिल्मस् को ब्यानरमा निर्माण गरिएको सिनेमा पहिचानमा कोशी प्रदेशका स्थानिय कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । भीम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ निर्माताहरू रहेको सिनेमालाइ रमेश विश्वकर्माले सम्पादन गरेका छन् भने नृत्य निर्देशन मीन कुमार लिम्बु र सानुराजा लिम्बुको रहेको छ । एक्सन निर्देशन देव महर्जनको रहेको छ भने छायांकन मदन घिमिरे कायस्थले गरेका हुन्।

 

सम्बन्धित समाचारसबै