0
Shares
सिनेसुत्र, बिराटनगर- नेपाली दर्शकका मनमा ‘मेरी बास्सै’ टेलिश्रृंखलाबाट ‘अप्सरा आमा’का रूपमा बस्न सफल कलाकार लक्ष्मी श्रेष्ठ अब यस दुनियाँमा रहिनन्। लामो समयदेखि स्तन क्यान्सरसँग संघर्ष गर्दै आएकी श्रेष्ठको शुक्रवार राति निधन भएको हो। उनको असामयिक बिदाइले नेपाली कला क्षेत्रमा शोक छाएको छ।
‘मेरी बास्सै’मा उनले निभाएको ‘अप्सरा आमा’को भूमिकाले उनलाई घर–घरमा चिनाएको थियो। जीवन्त अभिनय र सशक्त प्रस्तुतीले उक्त पात्रलाई स्मरणीय बनाउँदै श्रृंखलाको लोकप्रियता थप बढाउन उनले विशेष भूमिका खेलेकी थिइन्। उनले चर्चित कलाकार सिताराम कट्टेल (खड्काजी) को श्रीमतीको रूपमा पनि आफ्ना संवाद र अभिनयले दर्शकको मन जितेकी थिइन्।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय लक्ष्मी श्रेष्ठको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।