0
Shares
सिनेसुत्र, बिराटनगर- सिनेमा ‘भाइटीका’मा अभिनेता विपीन कार्की अनुबन्ध भएका छन्। रोहित अधिकारीले निर्माण गर्ने सिनेमामा विपीन अनुबन्ध भएको स्रोतले बताएको छ। विपीन कार्की यो सिनेमामा सेयरमा बसेका छन्। कथा मन परेकाले उनी पहिलोपटक सेयरमा बसेको स्रोतले बताएको छ।
यो सिनेमा २०८३ को तिहारको केही समयअगाडि रिलिज हुनेछ। तिहारको ११ दिन अगाडि रिलिज हुने निर्माण स्रोतले बताएको छ। रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहने ‘भाइटीका’लाई दीपक वलीले निर्देशन गर्नेछन्।
महेश दवाडीले सिनेमाको कथा लेखेका छन्। सिनेमामा शम्भुजित वास्कोटाको संगीत रहनेछ। सिनेमाले तिहारसँग जोडिने दाजुभाइ र दिदीबहिनीको कथा भन्ने बताइएको छ। रोहित अधिकारीको यो पाँचौँ सिनेमा हो। अहिले उनले ‘माइतीघर’ निर्माण गरिरहेका छन्। ‘माइतीघर’ यही दसैँको फूलपातीमा रिलिज हुँदैछ।
