0
Shares
सिनेसुत्र, बिराटनगर- गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली सिनेमा ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने यो सिनेमा नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ। निर्देशक पन्तले कथा लेखन पनि आफैं गरेका छन्।
नेपाली परिवेशको कथामा निर्माण गरिने सिनेमा ‘बाकस’ नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ। हाल सिनेमाको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ। सिनेमामा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन्। तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो सिनेमा २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ।

