माधवराज खरेलको निर्देशनमा बनेको सिनेमा ‘चिट्ठी’ सेन्सर पास: भदौ २० गतेदेखि प्रदर्शनमा आउने

0 Shares

सिनेसुत्र, बिराटनगर- माधवराज खरेलको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘चिट्ठी’ इन्द्रजात्राको छेको पारेर आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ। बिहीबार गुरु पूर्णिमाको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो। यो सिनेमाको वितरणको जिम्मा कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ ।कमला जोशीले निर्माण गरेको सिनेमामा खड्गबहादुर पुन ‘खबपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेल, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट लगायतले अभिनय गरेका छन्। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘चिट्ठी’को सेन्सर पास भइसकेको छ।

दुई घण्टा लम्बाइको यो सिनेमा पूर्णतया हरर कमेडी तथा सस्पेन्स थ्रिलर शैलीमा निर्माण भएको निर्देशक खरेलले बताए। ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन, समीर मियाँको ग्राफिक्स तथा भिएफएक्स, किरण दाहालको द्वन्द्व निर्देशन तथा पुष्कर खत्रीको पार्श्व संगीत रहेको छ ।

सम्बन्धित समाचारसबै