विश्वकै कान्छा निर्देशक सौगात बिष्टको लघु सिनेमा ‘भुवा’को छायांकन सम्पन्न: चाँडै प्रदर्शनमा आउने

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली कला क्षेत्रमा नयाँ स्वाद थप्ने उद्देश्यसहित तयार पारिएको लघु सिनेमा ‘भुवा’ को छायांकन सम्पन्न भएको छ। डान्स फिवर को ब्यानरमा बनेको यो लघु सिनेमा छायांकन सकिएसँगै निर्माण पक्षले सम्पूर्ण कलाकार, प्राविधिक र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति गहिरो आभार व्यक्त गरेको छ।

सहकार्य र सिर्जनशीलताको उत्कृष्ट उदाहरणका रूपमा ‘भुवा’लाई दर्शकमाझ प्रस्तुत गरिने निर्माण पक्षको भनाइ छ। लघु सिनेमा ‘भुवा’ को प्रदर्शन मितिबारे पनि चाँडै जानकारी गराइने निर्माण पक्षले बताइएको छ।गिनिज वर्ल्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकको कीर्तिमान राखेका सौगात बिष्टको निर्देशन रहेको यो लघु सिनेमा सम्झना पोखरेल को निर्माणमा तयार भएको हो। उक्त लघु सिनेमामा सल्लाहकारको रूपमा गम्भीर बिष्ट र कुमार मोक्तान तामाङ रहेका छन्।

मुख्य कलाकारका रूपमा गजित बिष्टको अभिनय रहेको छ साथै, रजन श्रेष्ठ, शालिनी बिष्ट भट्टराई र आश्री केसीको पनि विशेष अभिनय रहेको छ। संगम बिष्टाको लेखन रहेको सिनेमामा नवराज उप्रेतीको छायांकन, बिक्रम गौतमको मेकअप, विजय बश्यालको डिजाइन, विवेक बश्यालको फोटोग्राफी , टेकराज पाण्डेको मेकअप, प्रबिन भट्टको सम्पादन, चन्द्रमणि भट्टाराईको सब्द, राजेन्द्र बजगाईको संगीत, सारिका घिमिरे र भीषम आचार्यको स्वर रहेको छ।

लघु सिनेमा ‘भुवा’ चाँडै नै प्रदर्शनका लागि तयारीमा छ।

सम्बन्धित समाचारसबै