‘जदौ’मा अभिनेता विनोद न्यौपाने अनुबन्धित: निर्देशक र प्राविधिक चाँडै घोषणा गरिने

0 Shares

सिनेसुत्र, बिराटनगर- नयाँ नेपाली सिनेमा ‘जदौ’ मा अभिनेता विनोद न्यौपाने अनुबन्धित भएका छन्। यसअघि मुकुन भुसाल, नीति शाह र ऋचा शर्माको मुख्य भूमिकामा रहने कुरा सार्वजनिक भइसकेको छ।

न्यौपानेले आफूलाई यो सिनेमामा रमाइलो र चञ्चल स्वभावको पात्रको रूपमा प्रस्तुत गरिने जानकारी दिएका छन्। उनले भनेका छन्, “हरेक भूमिका आफ्नै चुनौतीसहित आउँछ। म यो पात्रलाई पनि ईमानदारीका साथ निभाउने प्रयास गर्नेछु।”काजी लिम्बुले लेखन गरेको सिनेमाको निर्माण सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टले संयुक्त रूपमा गर्ने भएका छन्। सहनिर्माताहरूमा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री रहेका छन्। निर्माण व्यवस्थापनको जिम्मेवारी बुद्धि माझीले सम्हाल्नेछन्।

सिल्भर स्क्रिनकी प्रवन्ध निर्देशक विमला भण्डारीका अनुसार, निर्देशकसहित बाँकी प्रमुख कलाकार र प्राविधिकको नाम छिट्टै सार्वजनिक गरिनेछ। सिनेमाको छायांकन भदौको पहिलो सातादेखि सुरु हुने र दाङ तथा प्युठानका विभिन्न स्थानमा छायांकन हुने बताएइको छ। सिनेमाको संगीत बाबुल गिरीले तयार गर्नेछन्।

निर्माण पक्षले ‘जदौ’ मार्फत नयाँ कथा र पात्र प्रस्तुत गर्ने अपेक्षा राखेको जनाएको छ। सिनेमाका बाँकी विवरण सार्वजनिक भएपछि थप जानकारी प्राप्त हुने बताइएको छ।

सम्बन्धित समाचारसबै