‘चमेलीको पोई’को फर्स्टलुक सार्वजनिक: चैत्र १३ गते रामनवमीमा प्रदर्शन हुने

0 Shares

सिनेसुत्र, बिराटनगर- एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण भएको सिनेमा ‘चमेलीको पोई’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा तीन पोस्टर सार्वजनिक गर्दै आगाी चैत्र १३ गते रामनवमीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमाका सार्वजनिक तीन मध्य दुई पोस्टरमा सिनेमाका मुख्य कलाकारद्धय सुरक्षा पन्त र मुकुन भुषाललाई फिचर्ड गरिएको छ । अर्को पोस्टरमा उनीहरुसहित नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, बबिन राई (गल्फने बाजे), रामनारायण उपाध्याय र प्रेमदेव गिरीलाई स्थान दिइएको छ । सिनेमाका सार्वजनिक गीन पोस्टरले चमेलीको पोई हास्य विद्यामा निर्माण भएको बुझ्न सकिन्छ ।धनलक्ष्मी सिने मेकर्सको प्रस्तुती तथा एभरेष्ट सुर्य बोहरा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा अंशु महर्जन, खड्क बहादुर पुन (खबपु) रजनी गुरुङ, उमेश राई, अनुष्का नारायण, मीरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मीरा आरएल शाही, प्रकाश कँडेल, विनोद बज्रचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटासहित निर्देशक बोहराको पनि अभिनय रहनेछ ।

धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको सिनेमाको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय, कार्यकारी निर्मातामा उदय बिक्रम राणा र रितु मल्ल ठकुरी तथा सह-निर्मातामा प्रदीपकुमार सापकोटा, सुमित्रा थापा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर छन् ।

निर्देशक बोहरा स्वयंको कथा लेखन रहेको सिनेमाको पटकथा तथा संवाद निर्देशक बोहरा र शिवम् अधिकारीले मिलेर तयार पारेका हुन् । सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्टको आरआर फिल्मस्ले वितरण गर्नेछ ।

सम्बन्धित समाचारसबै