‘जहाजैमा’मा प्रदीप खड्काको ठाउँमा अनुभव रेग्मीलाई अनुबन्ध गर्ने तयारी

0 Shares

सिनेसुत्र, बिराटनगर- कृषा चौलागाईँले निर्देशन गर्न लागेको नेपाली सिनेमा ‘जहाजैमा’मा प्रमुख भूमिकामा बाल कलाकारको रूपमा चर्चित रहिसकेका अनुभव रेग्मीले अभिनय गर्ने खुलासा भएको छ। हालै निर्माण पक्षले उनीसँग सम्झौता गरेता पनि घोषणा भने गरिएको थिएन। यो खबरलाई फिल्मीखबर डटकमले मङ्गलवार प्रकाशन गरेको हो।केही दिनमा अनुभवलाई अनुबन्ध गरिएको खबर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको बेला सूचना बाहिरिएसँगै समाचार प्रकाशन भएको थियो। यसअघि निर्देशक चौलागाईँले अभिनेता प्रदीप खड्कासँगको फोटो शेयर गर्दै ‘जहाजैमा’मा उनी हुनसक्ने सङ्केत गरेकी थिइन्। तर, प्रदीपले भने अभिनयको प्रस्ताव नकारेका थिए। सोही भूमिकामा अब अनुभव अनुबन्ध भएका हुन्।

खबर अनुसार अनुभवले नेपालमा प्लस टुको पढाई पुरा गरी उच्च शिक्षाको लागि जापान जाने किशोरको भूमिका निभाउनेछन्, जहाँ उनको जोडी जापानी अभिनेत्री रुजेल इचिमिया रहनेछिन्। यस सिनेमामा अनुभव र रुजेलसँगै सौगात मल्ल, केदार घिमिरे, कर्मा शाक्य, वर्षा सिवाकोटी लगायतको अभिनय रहनेछ।

यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको ‘जहाजैमा’को छायाङ्कन आउँदो भदौबाट जापानमा सुरु गरिँदैछ। नेपाल र फिलिपिन्समा पनि सिनेमाको छायाङ्कन हुने बताइएको छ। आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाका निर्माता उज्ज्वल गुरागाईँ हुन्।

सम्बन्धित समाचारसबै