‘अगस्त्य’ निर्देशक सौरभले नया एक्सन सिनेमा ‘कर्मा’ बनाउने घोषणा

0 Shares

सिने सुत्र, बिराटनगर –  निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, नयाँ फिल्म ‘कर्मा’ निर्माणको घोषणा आज गरेका हुन् । बसन्त लम्साल यो फिल्मका निर्माता हुन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो फिल्म बन्न लागेको निर्माणपक्षले बताएको छ ।

यो फिल्मको कथा उनी आफैंले लेखेका हुन् । टिजर पोस्टरको पृष्ठभूमिमा युद्ध लड्न हिंडेका सिपाहीलाई धमिलो गरी दर्शाइएको छ । लभ डायरिज र गत वर्ष प्रदर्शनमा आएको ‘अगस्त्य’पछि यो उनको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ ।

फिल्मलाई एक्सन, एड्भेन्चर जनरामा निर्माण गरिनेछ । सौरभका अनुसार, यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।

यो फिल्ममा कलाकारहरू अनुबन्धित हुने क्रममा रहेको भन्दै सौरभले विस्तारै सार्वजनिक गर्ने जानकारी दिए ।

सौरभले फिल्म ‘शुक्र र शनि, युनिभर्सिटी अफ गुन्डाज’को पनि निर्देशन गर्ने तयारी गरेका छन् ।

फिल्म ‘लभ डायरीज’बाट निर्देशन यात्रा सुरु गरेका सौरभले फिल्म ‘अगस्त्य’बाट चर्चा पाए । यो फिल्मबाट राम्रो प्रशंसा पाएपछि उनलाई फिल्म निर्देशनको राम्रो अफर आइरहेको छ ।

यो फिल्मको दोस्रो सिक्वेल सन् २०२६ मा रिलिज गर्ने घोषणा भइसकेको छ । सौरभ भने हाल फिल्म ‘कर्मा’ निर्देशनको तयारीमा छन् ।

सम्बन्धित समाचारसबै