सुनिल थापा अभिनित दुई सिनेमालाइ हलले पत्याएन | भोलि देखि प्रदर्शनमा आउने सिनेमाको हबिगत नाम जस्तै

0 Shares

सिने सुत्र, बिराटनगर –  भोलि शुक्रवार देखि प्रदर्शनमा आउने दुई सिनेमा ईश्वर र ब्ल्याक छायाले देशको अधिकांस हलमा शो पाएन ।
भोलि देखि प्रदर्शन हुने भनिएको उक्त सिनेमाको सुइक्को सम्म दर्शकले पाएका छैन्न , यता बिराटनगर लगायत अधिकान्ग्स देश भरिकै सिनेमा हलहरुमा चलचित्रले शो पाएको छैन |

निर साह , सुनिल थापा जस्तो दिगज कलाकार लिएर बनाएको सिनेमा “ब्ल्याक छाया” को भविष्य पनि नाम जस्तै हुने भएको छ, भने यता इश्वर भने चल्ने नचल्ने इश्वरकै भरमा छोडेको देखिन्छ |
यो दुवै चलचित्रमा नेपालमा मात्र नभएर भारतीय सिनेमामा सम्म आफनो राम्रो छबि बनाएका अभिनेता सुनिल थापाको अभिनय रहेको छ | थापा जत्तिको कलाकार रहेको दुवै चलचित्रको प्रदर्शनको गति हेर्दा अब उनको सिनेमा करियरमा नै दर्शकले प्रशन गर्ने भएको छ |

सिनेमाको कुनै प्रचार प्रसार नै नभएको र दर्शक हरुमा सिनेमाको जानकारी सम्म नभएको कारण, सिनेमा नलगाएको क्यु एफ एक्स बिराटनगर , क्यु एफ एक्स बिर्तामोड, लगायतका हल संचालकहरु बताउछन , यता सिनेमा प्रदर्शनको संघारमा रहदा समेत सिनेमा वितरक बाट केहि जानकारी नभएको सिटि सिनेमा बिराटनगरको म्यानेजर संखर मेहेताले गुनासो समेत पोखेका छन् | बिराटनगरको तिन वटा सिनेमा हल मध्य सेन्ट्रल मल्टिप्लेक्सले मात्र एक शो दिएका छन् |

नेपाली सिनेमा बन्ने र बनाउने क्रम तिब्र भए पनि ब्यापार भने धेरै कम सिनेमाले गर्ने गरेको छ | कतिपय सिनेमा प्रदर्शन भएको नभएको दर्शकले सुइँको समेत नपाई सिनेमा घरहरु बाट उत्रिने गर्छ | हुन् त सबै सिनेमा मेकर हरुले आफनो सिनेमा चलोस् दर्शकले हेरिदियोस भनेर नै बनाएका हुन्छन , तर खै हाम्रा सिनेमा मेकरहरु कहाँ अनि कसरि चुक्छन यो भने मेकर आफैलाइ पत्तो छैन | सिनेमा चलाउन के गर्नु पर्छ , दर्शक सम्म कसरि सिनेमाको जानकारी पुग्छ भन्ने बिषयमा नै अन्योलमा छन् हाम्रा सिनेमा मेकरहरु |

सम्बन्धित समाचारसबै